काठमाडौं । बैदेशिक रोजगारीको नाममा हुने मानव वेचविखनका अपराधको न्युनिकरणको लागि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले बाेर्ड राखिएकाे छ ।
शक्ति समुह, नेपाल नागरिक उड्डयन प्राधिकरण र मानव वेचविखन अनुसन्धान व्युरोको संयूक्त आयोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले वोर्ड को उद्घाटन गरिएकाे हाे । उक्त कार्यक्रमकाे उद्घाटन प्रहरी अतिरिक्त महानिरिक्षक उत्तम राज सुबेदीले गरेका हुन् ।
कार्यक्रममा स्वगत तथा उदेश्यमाथि प्रहरी बरिष्ठ उपरिक्षक टेकप्रसाद राईले गरेका थिए । अध्यक्ष चरिमाया तामाङ यस बोर्डले सबै बैदेशीक रोजगारिमा विदेश जाने नेपालीहरुलाई सहजता प्रदान गर्नेछ भन्ने सन्देश दिने बताइन् । कार्यक्रम प्रहरी उपरिक्षक दान बहादुर मल्लले संचालन गरेका थिए ।