प्रेस युनियन जोगाउन उपत्यका समन्वय समितिको अपिल:` तत्काल केन्द्रीय समिति माग´

प्रेस युनियन जोगाउन उपत्यका समन्वय समितिको अपिल:` तत्काल केन्द्रीय समिति माग´

काठमाडौं । नेपाल प्रेस युनियनमा देखिएको विवादले उग्ररुप लिएको छ । संस्थापन पक्षले महाधिवेशनको मिति सारेपछि असन्तुष्ट पक्षले छुट्टै भेला गरेर महाधिवेशनको मिति तोकेपछि युनियनको उपत्यका समन्वय समितिले दुबैको हर्कत बन्द गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाउन आह्वान गरेको छ ।

उपत्यका समन्वय समितिका संयोजक निरज खतिवडाले बैठक बोलाएर संकट समाधानका लागि अपिल गरेका छन् । युनियनको वर्तमान संकट विधि र प्रक्रियाबाटै समाधान गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन विज्ञप्ती मार्फत माग गरिएको छ ।

केन्द्रीय समिति बैठकबाटै महाधिवेशन हुने सुनिश्चितता गर्न पनि भनिएको छ । उपत्यका समन्वय समितिले देशभरका युनियनकर्मीहरुलाई संगठनको संकट समाधानका लागि एकतावद्ध हुन आह्वान गरेको छ ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७९, शनिबार  |    Himali Khabar