नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ ।

कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रबाट उमेदवार बनेका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत प्राप्त गरे । एमाले उमेदवार कोपिला भट्टले तीन हजार ३९२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरिन् ।

प्रकाशित मिति:     २ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar