काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।
आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानुन विपरीत हुने बताए
विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको उनले बताए ।नेपालमा अनुसन्धान गर्ने निकाय बलिया भएमा अर्थमन्त्री कारबाहीको दायरामा आउने पूर्वअर्थमन्त्री पाण्डेले बताए ।