इन्धनपूर्ति समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

इन्धनपूर्ति समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री एवम् कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। जनतालाई अत्यावश्यक वस्तुमा समस्या देखाए सरकार कठोर हुने भन्दै वाणिज्य तथा आपूर्ति सचिव डां गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर खाणले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

व्यवसायीले पेट्रलियम पदार्थ बिक्री गरेकोबारे अनुगमन गर्न खाणले निर्देशनदिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा निगमले अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए।

प्रकाशित मिति:     १९ चैत्र २०७८, शनिबार  |    Himali Khabar