प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जादै

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जादै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। देउवा चैत २० गतेसम्म भारतमा रहनेछन्।

प्रधानमन्त्री देउवाले चैत १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्‌घाटन गर्नेछन्।

प्रकाशित मिति:     १२ चैत्र २०७८, शनिबार  |    Himali Khabar