नेविसंघमा उमेर हदबन्दी हटाउन माग

नेविसंघमा उमेर हदबन्दी हटाउन माग

काठमाडौं । नेपाल विद्यार्थी संघमा उमेर हदबन्दी हटाउन माग गर्दै नेविसंघका नेताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विराेध प्रदर्शन गरेका छन् । नेविसंघमा लामाे समय देखि काम गरिरहेका विद्यार्थी नेताहरूले उमेर हदबन्दी हटाउन माग गर्दै कांग्रेस मुख्यसचिव कृष्ण पाैडेललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

संगठनका लामाे समय काम गरिरहेकाहरूकाे राजनीति समाप्त गर्ने गरि उमेर हदबन्दी लगाईनु गलत भएकाले साे निर्णय सच्याउनुपर्ने नेविसंघका नेता लिला बल्लभ दाहालले बताए । “संगठन उमेरले हाेइन बिचारले चल्नुपर्छ। दशकाैं संघसंगठनका लागि रगत- पसिना बगाएका साथीहरुलाई खाली हात पठाउन पाइन्न ? संगठनमा बगाएको रगत पसिनाको मुल्यांकन पार्टीले गर्नुपर्छ,´´ दाहालले भने ।

प्रकाशित मिति:     ६ चैत्र २०७८, आईतवार  |    Himali Khabar