काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

काठमाडौं । नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ ।
पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो ।

निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता महादेव यादवले मङ्सिरभित्रै महाधिवेशन सक्ने गरी कार्यतालिका तयार पारेको जानकारी दिए । कात्तिक दोस्रो साता गर्ने गरी तय गरिएको प्रदेश अधिवेशन अब आगामी मङ्सिर १६ र १७ गते हुने भएको छ ।

प्रकाशित मिति:     ११ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar