काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मीलाई मन्त्री बनाउने तयारी गरेको छ।
रिजाल र बडु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। त्यसैगरी, चौधरी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्।
यसअघि पौडेलले तेजुलाल चौधरी र प्रकाशमान सिंहले राजन केसी मन्त्री बनाउने अडान राखेपछि दुवैलाई हटाएर देउवाले बडुलाई मन्त्री बनाउने तयारी गरेको उनीनिकट एक नेताले बताए।