मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता पाउने छ: प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता पाउने छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए।

‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाएका छन्।

प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्। देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन्।

प्रकाशित मिति:     ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar