कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar