एकीकृत समाजवादी) को पार्टी कार्यालयको भाडा मासिक तीन लाख

एकीकृत समाजवादी) को पार्टी कार्यालयको भाडा मासिक तीन लाख

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्।

पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए। उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए।

एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ। भाडा महिनाको तीन लाख रुपैयाँ रहेको जनाइएको छ ।

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar