बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : विष्णु पौडेल

बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाए । बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सय वटा सडक आयोजनाको बजेट कटौती गरेका थिए । नेता पौडेलले बजेट कटौती गरिएका अधिकांश सडक तराई मधेसका रहेको बताए ।

सरकार अघिल्लो सरकारले ल्याएको बजेट स्वीकार गर्न नसक्ने र अस्वीकार पनि गर्न नसक्ने दुविधाग्रस्त मनस्थितिमा देखिएको पौडेलको भनाइ छ ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar