कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरूङको घोषणा

कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरूङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य कल्याण गुरूङले घोषणा गरेका छन्। आज अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन्।

उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्। गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन्। युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन्।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar