काँग्रेसमा निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

काँग्रेसमा निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

काठमाडौं । नेपाली काँग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ ।

सोअनुरूप ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः मतदान गराउनुपर्ने छ ।

नेपाली काँग्रेसले आसन्न १४औँ महाधिवेशनमा हुने विभिन्न तहको निर्वाचनलाई लक्षित गरी जारी निर्वाचन निर्देशिका–२०७८ ले निर्वाचनसम्बन्धी सो व्यवस्था गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत गरी निर्वाचन निर्देशिका सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति:     १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar