एमाले विभाजनसंगै देउवा सरकारलाई बहुमत

एमाले विभाजनसंगै देउवा सरकारलाई बहुमत

काठमाडौं । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ। नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्।

अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्। यसमा कांग्रेसका विजयकुमार गच्छदार, मोहम्मद अफ्ताव आलम र जसपाका हरिनाराण रौनियार निलम्बित अवस्थामा छन्। विभाजन हुनुअघि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत लिँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेकाले लोकतान्त्रिक समाजवादीका १३ जना सांसद पनि सरकारकै पक्षमा रहेको बुझ्न सकिन्छ।

लोकतान्त्रिक समाजवादीमा रहेका रेशम चौधरी पनि निलम्बित अवस्थामा छन्। यस हिसाबले अब निलम्बितसहित गरी सत्ता गठबन्धनसँग १६९ जना सांसद पुगेका छन्। सामान्य बहुमतका लागि १३६ जना सांसद आवयश्यक पर्छ। विभाजन भएपछि अब प्रमुख प्रतिपक्ष दल एमालेसँग ९८ जना मात्रै सांसद रहेका छन्।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar