कांग्रेसका ५ नेता केन्द्रीय कार्यालयमा अनसनमा

कांग्रेसका ५ नेता केन्द्रीय कार्यालयमा अनसनमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरू र युवा नेताहरूले अनसन सुरू गरेका छन्। क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने माग गर्दै र विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न माग गर्दै उनीहरूले रिले अनसन सुरू गरेका हुन्।

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे कांग्रेस सभापति मधु आचार्य र धादिङ कांग्रेस सभापति रमेश धमला तथा युवा नेताहरू नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ पूर्वउपसभापति डिल्लीराम सुवेदी अनसनमा बसेका हुन्।

नुवाकोट कांग्रेस सभापति केसीले आफूहरूका माग नेतृत्वबाट सुनुवाइ हुनुपर्ने बताए। क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक नगरे वडा अधिवेशनका दिन वडा–वडामा लफडा हुने उनको भनाइ छ।

प्रकाशित मिति:     ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar