माधव नेपालको पार्टीको चुनाव चिन्ह कलम

माधव नेपालको पार्टीको चुनाव चिन्ह कलम

काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो चुनाव चिन्ह ‘कलम’ रोजेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नयाँ दल एकीकृत समाजवादी दर्ताका लागि प्रक्रिया अघि बढाएका छन् । उनको समूहले नयाँ पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको हो ।

यसअघि दल दर्ताको निवेदन दिदा उक्त समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar