ओलीलाई विश्वप्रकाशको जवाफ–संसदमा बोले जसरी साढे ३ वर्ष काम गरेको भए स्थिति अर्कै हुनथ्यो

ओलीलाई विश्वप्रकाशको जवाफ–संसदमा बोले जसरी साढे ३ वर्ष काम गरेको भए स्थिति अर्कै हुनथ्यो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले संसदमा बोले जसरी साढे ३ वर्ष काम गरेको भए स्थिति अर्कै हुने बताएका छन् । ‘संसदमा जसरी बोल्नुभयो, साढे ३ वर्ष त्यसरी काम गरिदिएको भए स्थिति अर्कै हुन्थ्यो,’ ओलीलाई मेन्सन गर्दै शर्माले ट्विटरमा लेखेका छन्, ‘अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै ’

शर्माले प्रतिपक्षी आवाजलाई भने सम्मान गरिने र कर्मले जवाफ दिने कर्तव्य आफूहरूले निर्वाह गर्ने उल्लेख गरेका छन् । शर्माले ट्विटरमा लेखेका छन्, ‘बोल्ने विभाग कमरेड ओलीकै जिम्मा थियो, छँदैछ ।’

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar