माधव नेपालले भने – अब एकताको च्याप्टर क्लोज

माधव नेपालले भने – अब एकताको च्याप्टर क्लोज

काठमाडौं । नेकपा एमाले भित्र देखिएको विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष केपि शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता माधव नेपालसहित उनी पक्ष असन्तुष्ट भएको छ । एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो।

त्यसपछि नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन्।देशव्यापी समानान्तर गतिविधिलाई तीव्रता दिने बताएको छ ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar