रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी

रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी

काठमाडौं । पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।

काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको आयोजकले बताएका छन् । आज दिनभर चल्ने भेलापछि पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । जिल्ला सभापतिहरूले आ(आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar