एमालेमा अर्को साइबर सेना, प्रभु साहले बनाए ‘आइटी आर्मी’

एमालेमा अर्को साइबर सेना, प्रभु साहले बनाए ‘आइटी आर्मी’

काठमाडौं । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ।

मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले जानकारी दिए।

सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न लड्ने बताइएको छ ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar