आगोसँग नखेल्न ओलीलाई प्रचण्डको चेतावनी

आगोसँग नखेल्न ओलीलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै प्रधानमन्त्रीले छोटो समयमा दुई-दुई पटक संसद विघटन गरेको नेपाली इतिहास नभएको बताएका छन् ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियाका लागि जारी छलफलमा भाग लिँदै प्रचण्डले दलभित्रको आन्तरिक झगडाका कारण संसदलाई ‘भिक्टिम’ बनाउन नपानइने बताए।

‘पाँच वर्ष नपुग्दै दुई-दुई पटक विघटन र अदालतबाट पुर्नस्थापित भएको अनुभव नेपालको इतिहासमा थिएन,’ प्रचण्डले भने, ‘दुई तिहाई भएको प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नै दल विभाजन गर्ने काम इतिहासमा पहिलो चोटी हो ।’

ओलीको दम्भ र अहंकारको जाँतोमा आफूहरू पिसिएको भन्दै उनले अब उनका कुरा नपत्याइने बताए।आफूलाई युद्ध हारेर आएको भनिएको भन्दै प्रचण्डले आक्रोस पोखे । उनले आगोसँग नखेल्न पनि चेतावनी दिए । सर्वोच्च अदालतले नेपालको संविधानको रक्षा गर्ने काम गरेको भन्दै उनले धन्यावाद थिए । विवेक प्रयोग गरेर सबैले देउवालाई विश्वासको मत दिन आग्रह गरे ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar