प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन्।

नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई एवं शुभकामना दिँदै बेरीले७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताए। देउवालाई विभिन्न देशका राजदुतहरुले बधाई दिनेक्रम जारी छ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar