इश्वर पोखरेलले भने–कार्यदलले तयार पारेका १० बुँदे प्रस्तावको औचित्य सकियो

इश्वर पोखरेलले भने–कार्यदलले तयार पारेका १० बुँदे प्रस्तावको औचित्य सकियो

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरित’ भनी टिप्पणी गरेको छ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरित’ र शक्ति पृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको बताए ।

सर्वोच्चको आदेश बारेमा बोल्दै महासचिव पोख्रेलले फैसलाप्रति आफुहरुको स्पष्ट विमति रहेको बताए । सर्वोच्चको आदेशले दलहरुको सुप्रिमेसीलाई इग्नोर गरेकाले बहुदलीय संसदीय प्रणालीको मर्म विपरित लोकतन्त्रमा आघात पुराउने काम गरेको टिप्पणी उनले गरे । महासचिव पोखरेलले फैसलासंगै मुलुकको राजनीतिमा नयाँ ढंगले अस्थिरताको सिलसिला पनि सुरु भएको र त्यो आगामी दिनमा देखिदै जाने बताए । उनले विवाद समाधान कार्यदलले तयार पारेको प्रस्तावको औचित्य समाप्त भएको टिप्पणी गरे ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar