देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ ।

स्रोतका अनुसार शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको छ । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।

प्रकाशित मिति:     २९ असार २०७८, मंगलवार  |    Himali Khabar