एमालेको कार्यदलमा भोलिसम्म टुंगोमा पुग्ने दाबी

एमालेको कार्यदलमा भोलिसम्म टुंगोमा पुग्ने दाबी

काठमाडौं । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको बताइएकोछ ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar