ठाकुर र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- हामीलाई अलग गरिदिनुस्

ठाकुर  र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- हामीलाई अलग गरिदिनुस्

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए।

आयोगले दुबै पक्षका नेतालाई आज छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनि त्यो सम्भावना नदेखिएकोले अलग हुन हस्ताक्षर गरिएको बताए।

‘अब हामी मिलेर जान सकेनौं। हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा सही गरेर आइसकियो,’ आयोग परिसरमा पत्रकारहरूसँग झाले भने, ‘उपेन्द्रजीबाट एकसाथ जान सकिँदैन भन्ने कुरा आयो।’

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar