प्रतिनिधिसभा निर्वाचन: साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने

प्रतिनिधिसभा निर्वाचन: साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सर्वोच्च अदालतमा सकिने चरणमा छ । आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar