कांग्रेसले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा अधिवेशन गर्ने

कांग्रेसले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्‍यता विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको शीर्ष नेताहरूको बैठकले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्‍यताका विषयमा सहमित जुट्ने ठाउँमा जुटाउने जुन ठाउँमा सहमति जुटेन त्यहाँ पूरानै क्रियाशील सदस्यता कायम राखेर वडा अधिवेशन गर्ने निर्णय भएको एक केन्द्रिय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति:     १९ असार २०७८, शनिबार  |    Himali Khabar