सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता हुन्न : प्रधानमन्त्री ओली

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षसोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

सोही बैठकमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताए । ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनलेभने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’ हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि १४९ सांसदसहित कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दाबीमा नेपानल समूहका २६ सांसदको हस्ताक्षर छ ।

प्रकाशित मिति:     १८ असार २०७८, शुक्रबार  |    Himali Khabar