नेकपा एमालेको महाधिवेशन आयोजक कमिटि भंग

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटि भंग

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar