एमालेका सम्पूर्ण कमिटी ०७५ जेठ २ मा फर्किने

एमालेका सम्पूर्ण कमिटी ०७५ जेठ २ मा फर्किने

काठमाडौं । पार्टीभित्रको विवाद पेचिलो बन्दै गएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थप लचक बनेका छन् । कारवाहीमा परेका वरिष्ठ नेता नेपालले पार्टी एकताको सम्भावना कायमै राख्न २०७५ जेठ २ को कमिटीलाई मान्यता दिनुपर्ने बताइरहेका बेला ओली थप लचिलो बनेका हुन् । नेपाल समूहको माग अनुसार एमालेलाई जेठ २ मा फर्काउने तयारी भएको छ ।

सर्वोच्च अदालतले समेत १० औं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई मान्यता नदिएपछि ओली आफ्नो निर्णयबाट ब्याक हुने निष्कर्षमा पुगेका हुन् ।
आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी असार १६ गते पार्टीका सम्पूर्ण संरचना ०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने निर्णय गरेको हो ।

स्रोतका अनुसार नेपाल एमालेमा नफर्किएपनि अन्य नेता कार्यकर्ताहरुलाई मुलधारमा ल्याउन सो घोषणा हुने तयारी ओलीले गरेका हुन् । महाधिवेशन आयोजक कमिटी बैठक बोलाएर १६ गते सो घोषणा हुने बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar