थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नामावली सार्वजनिक, उजुरी गर्न ५ दिन समय

थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नामावली सार्वजनिक, उजुरी गर्न ५ दिन समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रका नयाँ र नविकरण गरिएका क्रयाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकले यी क्षेत्रका सदस्यताको नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो ।

समितिका सदस्य सचिव केशव रिजालका अनुसार सप्तरीका चारै निर्वाचन क्षेत्र, भोजपुर, धनुषा(१, काभ्रे(१, रुकुम पश्चिम र प्युठानको नामावली वेबसाइटमा राखिएको हो । सार्वजनिक गरिएका उल्लिखित क्षेत्र र जिल्लाका नाममा उजुरी, गुनासा वा सुझाव भए समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना पठाउन असार १७ गतेसम्मको समय समितिले दिएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यबारे कांग्रेसमा विवाद बढिरहेको छ । कांग्रेसमा सभापति देउवा इतरको पक्ष क्रियाशील सदस्यमा अनियमितता भएको भन्दै आक्रोसित भइरहेको छ । विवाद समाधान समितिले ५० जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाइसकेको छ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar