कांग्रेसका तीन नेताको सन्देश एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

कांग्रेसका तीन नेताको सन्देश एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् । आज भएको छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा।.शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको हो ।
उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

आफूहरु महाधिवेशनमा एउटै टिम बनाएर जान सकारात्मक रहेको पनि बताए । निधि, सिंह र कोइराला तीनै नेता नेपाली कांग्रेसका तीन हस्तीका पुत्रहरु हुन ।

प्रकाशित मिति:     ११ असार २०७८, शुक्रबार  |    Himali Khabar