कांग्रेस सभापति देउवाले भने–म सभापतिमा फेरि लड्छु

कांग्रेस सभापति देउवाले भने–म सभापतिमा फेरि लड्छु

काठमाडौं। कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन्। बुढानिलकण्ठमा आज आफूनिकट प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गर्दै सभापतिमा दोहोरिने बताएका हुन्।

‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ।

प्रकाशित मिति:     ५ असार २०७८, शनिबार  |    Himali Khabar