बालुवाटारबाट १८ जना नागरिक अगुवा पक्राउ

बालुवाटारबाट १८ जना नागरिक अगुवा पक्राउ

काठमाडौं। चिकित्सा शिक्षा आयोगको स्वायत्तताविरुद्ध हुने गरी कुनै निर्णय नगर्न भन्दै आज बृहत नागरिक आन्दोलनले बालुवाटारमा गरेको प्रदर्शनमा नारायण वाग्लेसहित १८ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वाग्ले,खगेन्द्र संग्रौला,युग पाठक,संजीव उप्रेती,अर्चना थापा, सरिता परियार,रिता परियार,प्रणेता,भास्कर,गौतम,अनुभव अजित,घिमिरे युवराज,संगीत,भावना रावत,निर्घ नवीन,शशीविक्रम कार्की,सौरभ कार्की,सौरभ न्यौपाने र अन्जानबाबु रहेका छन्। पक्राउ परेकालाई कमलपोखरी प्रहरी वृत्तमा राखिएको जनाइएको छ।

प्रकाशित मिति:     २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar