नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने

नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने

काठमाडौं । नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्। आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्।

तर उनले आफ्नो प्राथमिकतामा अहिले निर्वाचन नभएको बताए।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।’

अहिलेसम्म १२२ जनाले लुम्बिनीमा मतदान गरिसकेका छन्। आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar