कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव

कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव

काठमाडौं, ६ फागुन । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी संस्थापनले केन्द्रीय समितिको बैठकमा यो मिति प्रस्ताव गरेको हो ।

तर, यो प्रस्तावित मितिमा नेता रामचन्द्र पौडेल पक्ष सहमत नभएको एक नेताले जानकारी दिए । पौडेल पक्ष फागुनसम्म क्रियाशील सदस्यता सिध्याउने, चैतसम्म स्थानीय तहको अधिवेशन, वैशाखमा प्रदेश तहको अधिवेशन सकाएर जेठभित्र १४ औं महाधिवेशन गर्नुपर्ने पक्षमा रहँदै आएको छ । पौडेल समूहका केन्द्रीय सदस्यको बैठकले पनि यही विषयलाई उठाउने तयारी गरेको थियो ।

नियमित चार वर्षमा पनि महाधिवेशन नभएपछि पार्टीका सबै तहका कार्यसमितिहरुको म्याद एक वर्ष थप गरिएको थियो । थप गरिएको समय पनि अब १५ दिनमात्रै बाँकी छ । अब संविधानले दिएको ६ महिना अर्थात् आगामी भदौसम्म मात्रै कार्यकाल लम्बाउने सुविधा पार्टी संस्थापनलाई छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar