माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

काठमाडौं । नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको बताएका छ्न । उनले प्रधानमन्त्री केपि शर्मा ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् ।

मंगलबार अपिल जारी गर्दै नेपालले भनेका छन्, ‘हामीमाथि कानूनी,राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादाको अभियानमा गोलबन्द गर्ने अभिभार युगले आफूहरूलाई सुम्पेको दावी गरेका छन् ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar