प्रतिनिधिसभा विघटनविरुद्ध १४८ सांसदले गरे हस्ताक्षर

प्रतिनिधिसभा विघटनविरुद्ध १४८ सांसदले गरे हस्ताक्षर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलका सांसदहरूले हस्‍ताक्षर संकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरूले हस्ताक्षर संकलन गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव(डा। बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चागरी पाँच दलका १४८ सांसदहरूले रिटमा हस्ताक्षर गरेका छन् । कांग्रेसका ६१, माओवादीका ४८, एमालेको माधव नेपाल पक्षका २६, जसपाका १२ र जनमोर्चाका १ गरी १४८ सांसद्ले हस्‍ताक्षर गरेका छन् ।

यसअघि प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको थियो । जेठ ७ गते मध्यराति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar