काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि ७६(५)को वैकल्पिक सरकार दिन सुझाव दिएका छन्।
बिहान ट्वीट गर्दै उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्,“सबैले आवश्यक त्यागरबलिदान गरौं। लौरो उभ्याएर भएपनि ७६(५)को सरकार दिउँ (आजै गरौं, अहिल्यै गरौं) बीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।”