मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ । क्षेत्रीय सभापति आयतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले लामासहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
तामाङयसअघि क्षेत्र नम्बर २ को प्रदेशतर्फ निर्वाचन लडिसकेका नेता हुन् । हाल उनी कांग्रेस महाधिवेशनप्रतिनिधिसमेत हुन् ।
युवाहरुमाझ लोकप्रिय, शालिन स्वभावका तामाङलाई सिफारिसमा परेका नेताहरुमध्ये बलिाये उम्मेदवारका रुपमा हेरिएको छ । क्षेत्रीय समितिले प्रत्यक्षतर्फ तामाङसहित १६ जनाको नाम सिफारिस गरेको छ भो समानुपातिकतर्फ ३ र राष्ट्रियसभाका लागि ४ जनाको नाम सिफारिस गरिएको छ । फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभाको निर्वाचन घोषणा भएको छ ।