काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस र एमालेले कुनकुन मन्त्रालय लिने भन्ने टूंगो लागेको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ।
यस्तै सत्ताको प्रमुख साझेदार दल कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ ।
दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे टूंगिसकेको छैन ।