गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलद्वारा बागबजारमा राके जुलुस

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलद्वारा बागबजारमा राके जुलुस

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नेपाल तरुण दलले काठमाडौंको बागबजारमा राके जुलुससहित प्रदर्शन गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र राय यादव माथिको सांघातिक हमलाको विरोध गर्दै आइतबार तरुण दलका केन्द्रिय सदस्य दिल लामाको संयोजकत्वमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै नाराबाजी गर्दै राके जुलुस निकालेको हो ।

तरुण दलका युवाहरुले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानबिनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरे ।

तरुण दलका केन्द्रीय सदस्य दिल लामाले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडि बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति:     २५ भाद्र २०८०, सोमबार  |    Himali Khabar