लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता भएपछि वैशाख १९ गते प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर अधिवेशन शुरु हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर बहुमतको सरकारको दाबी गरी पुनः मुख्यमन्त्री नियुक्त भएका हुन ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलले आफ्नो पक्षमा बहुमत भएको दाबी गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेआ थिए ।

प्रकाशित मिति:     २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar