कोभिड–९ नियन्त्रणका लागि सातजना मन्त्रीलाई संयोजक तोकियो

कोभिड–९ नियन्त्रणका लागि सातजना मन्त्रीलाई संयोजक तोकियो

काठमाडौं । संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका लागि संघीय सरकारले संयोजक तोकेको हो । बैठकले प्रदेश १ को संयोजकमा भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई तोकेको छ । त्यस्तै प्रदेश २ को संयोजकमा शहरी विकास मन्त्री प्रभु साह तोकिएका छ्न।

वागमतीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री पद्मा अर्याल र लुम्बिनीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तोकिएका छ्न ।

यस्तै कर्णालीमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योग मन्त्री लेखराज भट्टलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar