ल क्याम्पसकाे स्ववियु सभापतिमा माेहम्मद माजिद प्रवेज (एमडी) काे स्वतन्त्र उम्मेदवारी

ल क्याम्पसकाे स्ववियु सभापतिमा माेहम्मद माजिद प्रवेज (एमडी) काे स्वतन्त्र उम्मेदवारी

काठमाडौं ।  नेपाल ल क्याम्पसकाे स्ववियु सभापतिमा माेहम्मद माजिद प्रवेजले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कानूनमा स्नातकोत्तर गरिरहेका अधिवक्ता प्रवेजले आज ल क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी नेपाल ल क्याम्पसमा स्नातकोत्तर दाेस्राे समेस्टरमा अध्ययनरत छन्  । पेशाले  युवा कानून व्यवसायी रहेका प्रवेज अघिल्लो वर्षकाे कानून व्यवसायी परिक्षामा उत्कृष्ट भएका थिए । केही क्याम्पसमा अध्यापनरत प्रवेज विद्यार्थी राजनीतिलाई सुधार्न आफ्नाे उम्मेदवारी भएकाे बताउँछन् । `नेपाल ल क्याम्पस नेपालमा विधिकाे शासनलाई बलियाे बनाउन भूमिका खेल्दै आएकाे ऐतिहासिक क्याम्पस हाे,´ सभापतिमा उमेदवारी दर्तापछि उनले भने, `याे क्याम्पसबाट विद्यार्थी राजनीति कस्ताे हुनुपर्छ भन्ने मानक स्थापित गर्न चाहन्छु । त्यसका लागि मेराे उमदवारी हाे । शैक्षिक सुधार र विद्यार्थीकाे हकहित नै मेराे मूल मुद्दा हाे । ´ प्रवेज ल क्याम्पसमा विद्यार्थीका शैक्षिक सवालमा खराे उत्रँदै आएकाले विद्यार्थीमाझ लाेकप्रिय मानिन्छ । उनकाे उम्मेदवारीसँगै भावी सभापतिमा प्रवेजलाई जिताउन विद्यार्थीहरूले मत माग्न शुरू गरिसकेका छन् ।

चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:     २७ फाल्गुन २०७९, शनिबार  |    Himali Khabar