विश्वप्रकाशलाई कागती र खोर्सानीको माला लगाइदिँदै भने `२५ बर्ष कसैको नजर नलागोस्´

विश्वप्रकाशलाई कागती र खोर्सानीको माला लगाइदिँदै भने `२५ बर्ष कसैको नजर नलागोस्´

काठमाडौं । मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचिनगर ९ लिलावस्तिका जनताले फुलको माला र खादासँगै कागती र खोर्सानीको माला लगाइदिएका छन् lकसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा,गाडीमा या पसलमा कागती र खोर्सानीको माला झुण्ड्याउने चलन छ l यसो गर्दा कसैको पनि नकारात्मक दृस्टी निष्फल हुन्छ भन्ने जनविश्वास छ l

कागती र खोर्सानीको माला लगाइदिएको लिलावस्ती शर्मालाई दुध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो l विश्वप्रकाशलाई जन्म दिने आमा सावित्री शर्माको दुध सानो बच्चालाई अघाउने गरि नआएपछि छिमेकमा सुत्केरी रहेकी श्रेष्ठले डेढ बर्षसम्म उनलाई दूध खुवाएकी थिइन् l लिलावस्ती शर्मालाई सतप्रतिशत जस्तै मत हाल्ने गाउँका रूपमा चिनिन्छ l

प्रकाशित मिति:     १७ मंसिर २०७९, शनिबार  |    Himali Khabar