काठमाडौं । २६ वर्षीय युवा सस्मित पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५(१)बाट बागमती प्रदेश सभाका लागि “लालटिन” चुनाव चिन्ह उम्मेदवार बन्नुभएको छ । पोखरेलले गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहलाई विजयी गराउन सक्रिय रूपमा क्याम्पेन गर्नुभएको थियो ।
अहिले प्रदेश सभा निर्वाचनमा बालेनले पोखरेललाई अप्रत्यक्ष रूपमा समर्थन गरेको देखिएको छ। मेयर बालेन्द्रको श्रीमती सबिना काफ्लेले फेसबुकमा पोखरेलको भिडियोलाई सेयर गर्दै “#VoteForLaltin म नयाँ सांसद होइन, नयाँ प्रकारको सांसद बन्न चाहन्छु, भन्ने Sasmit Pokharel लाई मैले पनि एउटा आशाको रूपमा लिएको छु । उहाँको सक्षमता र प्रतिबद्धतालाई एउटा मौका अवश्य दिनु पर्छ” भनेर उहाँलाई मत माग्नुभएको छ ।

बालेन काठमाडौँको मेयर भएकाले उहाँ आफैले समर्थन गर्न आचार संहिताले रोक्ने हुनाले यस्तो समर्थन देखिएको हुन सक्छ । यसले पोखरेललाई बालेनको समर्थन भएको सङ्केत गर्दछ। पोखरेल बालेन्द्रसंग प्रभावित एक जुझारु युवानेता हुन् जो बिगत २-३ बर्ष देखि बालेन्द्रको सम्पर्क र उहाँको चुनावी अभियानमा संलग्न हुनुहुन्थ्यो । प्राप्त जानकारी अनुसार हालसम्म पोखरेल बाहेक अन्य कोहि उमेदवारलाई बानेन्द्रले समर्थन गरेको पाइएको छैन ।